भारतले दियो नेपालका ४८ जिल्लाका शैक्षिक संस्थालाई ८१ स्कुल बस

Image

भारत सरकारले ४८ जिल्लाका विभिन्न शैक्षिक संस्थाहरूलाई ८१ वटा स्कुल बस उपहार स्वरूप प्रदान गरेको छ ।

काठमाडौँस्थित भारतीय दुताबासका अनुसार लामो समयदेखिको विकास साझेदारी र मित्रतालाई ध्यानमा राख्दै कोशी प्रदेशका बाढी प्रभावित इलाम, झापा र उदयपुर जिल्लाहरूका साथै नेपालका सातै प्रदेशका हुम्ला, मुस्ताङ, संखुवासभा, दार्चुला, बैतडी र अछाम जस्ता दूरदराजका जिल्लाहरू सहित ४८ जिल्लाहरूमा अवस्थित विभिन्न शैक्षिक संस्थाहरूलाई ८१ वटा स्कुल बसहरू उपहार स्वरूप प्रदान गरेको हो ।

विगत तीन दशकमा भारतले नेपालका संस्थाहरूलाई ३८१ वटा स्कुल बसहरू प्रदान गरेको छ ।

Share