फ्रान्सको पेरिसस्थित लुभ्र संग्रहालयबाट अमूल्य मुकुट रत्न चोरीको आरोपमा संदिग्धलाई पक्राउ गरिएको छ ।
पेरिस अभियोजकको कार्यालयले पक्राउ परेका मध्ये एक व्यक्ति चार्ल्स डे गौल विमानस्थलबाट बाहिर जाने तयारी गरिरहेको बताएको बिबिसीले उल्लेख गरेको छ ।
घटना घटेको एक साता बढी हुदा पनि चोर पक्राउ गर्न नसेको भन्दै फ्रान्स सरकारको आलोचना भइरहेको छ ।
गत आइतबार लुभ्र संग्रहालयबाट लगभग १०२ मिलियन डलर मूल्यका गहना चोरी भएको थियो । चार चोरले बिहान करिब चार मिनेटमै उक्त चोरी गरेका थिए ।
लुभ्र विश्वको सबैभन्दा धेरै भ्रमण गरिएको संग्रहालय हो र यसमा विश्वका धेरै प्रसिद्ध कलाकृतिहरू र खजानाहरू रहेका छन् ।
















