नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।
महाधिवेशनको तयारीका लागि एमालेको सचिवालय बैठक कार्तिक १५ गते बस्ने गरि बोलाइएको हो ।
पार्टीका कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकले महाधिवेशनको तयारी बारे छलफल गर्ने र निर्णयहरु लिने तयारी छ । एमालेको ११औं महाधिवेशन पोखरामा मंसिर २७-२९ मा गर्ने निर्णय यस अघि बसेको केन्द्रिय कमिटी बैठकले गरिसकेको छ ।
बैठकले महाधिवेशन प्रतिनिधि छनौट विधि, महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन, स्थानीय आयोजकसँग समन्वय जस्ता एजेण्डामा छलफल र निर्णय गर्ने बताइएको छ ।















