सल्यानको कालीमाटी गाउँपालिका–७ का वडाध्यक्ष मित्रलाल रिजाल सडक स्तरोन्नतिको माग गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्नामा बसेका छन्। आफ्नो वडामा पर्ने घुइयाबारी–स्वामीबास–बबई सडकको स्तरवृद्धि तथा नेपाल टेलिकमको टावर निर्माणको माग गर्दै उनले धर्ना सुरु गरेका हुन्।
यस विषयमा पटक–पटक अनुरोध गर्दा पनि प्रदेश सरकारले बेवास्ता गरेपछि आफू धर्ना बस्न बाध्य भएको वडाध्यक्ष रिजालले बताए। सडक स्तरवृद्धि तथा कालोपत्रे नहुँदा स्थानीय नागरिकले वर्षौंदेखि सास्ती भोग्दै आएको उनको भनाइ छ। सडकको दयनीय अवस्थाका कारण यातायात सञ्चालनमा समस्या हुनुका साथै दैनिक जनजीवन प्रभावित भइरहेको स्थानीयले बताएका छन्।
वडाध्यक्ष रिजालसँगै वडा सदस्य विर्घाबहादुर राना पनि धर्नामा बसेका छन्। रिजाल एमालेबाट निर्वाचित वडाध्ययक्ष हुन्। आफ्ना माग प्रदेश सरकारले सम्बोधन नगरेसम्म धर्ना जारी राख्ने चेतावनी उनले दिएका छन्।















