हाल देशभर मनसुनी वायुसँगै भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव छ । त्यसैगरी उत्तरपूर्वी अरब सागरदेखि उत्तरपश्चिम बिहारसम्म फैलिएको न्यून चापीय रेखाको पनि प्रभाव नेपालमा देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यतिबेला (आइतबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा अहिले हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले आइतबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।













