पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी जागरण अभियान घोषणा गरेका छन्। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेकपा पार्टी परित्यागसँगै अभियानको घोषणा गरेका हुन्।
खनाल नेतृत्वको अभियानको पहिलो भेलाले १५ वटा विभिन्न प्रस्तावहरू पनि पारित गरेको छ। प्रस्तावहरूमा विपद् जोखिमलाई ध्यानमा राखी राष्ट्रिय नीति पुनरवलोकनदेखि कम्युनिस्ट आन्दोलनको वैचारिक पुनर्गगठनसम्म छन्।

















