प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो पत्रकार सम्मेलन गर्दैछन् ।
मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्रीको पत्रकार सम्मेलन तय भएको ओलीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली १० दिन लामो अमेरिका भ्रमण सकेर सोमबार साँझ काठमाडौँ आइपुगेका हुन् । काठमाडौँ आउनासाथ सोमबार साँझ मन्त्रिपरिषद् बैठक गरेका प्रधानमन्त्रीले आज पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।













