पाकिस्तानको राजदूतमा रिता धिताल नियुक्त

Image

पाकिस्तानका लागि नेपाली राजदूतमा रिता धिताल नियुक्त भएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार धिताललाई राजदूत नियुक्त गरेका हुन् ।

गत साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेको थियो ।

तीमध्ये धिताललाई मंगलबार राष्ट्रपति पौडेलले नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले जानकारी दिए । धिताल परराष्ट्र सेवामा सहसचिवस्तरकी कर्मचारी हुन् ।