काठमाडौँ – नेपाली कांग्रेसले आगामी माघ ९ गतेसम्म प्रतिनिधिसभा सदस्यहरूलाई काठमाडौं नछाड्न निर्देशन दिएको छ । बदलिँदो राजनीतिक परिस्थितिका कारण सांसदहरूसँग जुनसुकै बेलामा पनि छलफल गर्नपर्ने भएकाले बिना जानकारी काठमाडौं नछाड्न कांग्रेसले निर्देशन दिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार (२६ पुस) मा संघीय संसदको प्रतिनिधिसभाबाट असाधारण विश्वासको मत पाएका छन्। प्रतिपक्षमा बस्नेगरी कांग्रेसले पनि प्रचण्डलाई विश्वासको मत दिएको छ।
प्रचण्डलाई विश्वासको मत दिनेबारे कांग्रेसमा दुई धार देखिएको थियो। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित ५ जना सांसदहरुले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिनेबारे असहमति दर्ज गरेका थिए।














