आजको मौसम : वर्षा र हिमपातको सम्भावना

काठमाठौं । आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज दिउँसो प्रदेश नं १ मा आंशिक बदली तथा देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति भने गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

आइतबारदेखि नेपालको पश्चिमी क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ।