काठमाडौं – युवराज पौडेल (सफल)ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछान विरुद्धको जाहेरी दर्ता प्रक्रिया अगाडि बढाउन माग गर्दै निवेदन दिएका छन्।
मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा सफलले लामिछानेविरुद्धको जाहेरी दर्ता प्रक्रिया अघि बढाइदिन माग गर्दै सरकारी वकिलको कार्यालयमा निवेदन दिएका हुन्।
आफूले गत माघ १७ गते प्रहरी परिसर, टेकुमा जाहेरी पेश गरे पनि दर्ता नभएको भन्दै दरखास्त दर्ता प्रक्रिया अघि बढाइदिन निदेवन दिएका छन्।













