काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुन आज रौतहट जाँदैछन् ।
मौलापुर नगरपालिकाले मनाउँदै आएको मदानी महोत्सबमा भाग लिनका लागि उपराष्ट्रपति पुन रौतहट आउन लागेका आम आदमी पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सांसद प्रभु साहले जानकारी दिए ।
उनका अनुसार शिव पार्वतीको बिबाहको रुपमा मदानी महोत्सब मनाईन्छ, ‘लामो समयसम्म शिव पावतीको बिबाहोत्सब मनाउने चलन अन्यत्र कुनै ठाउँ छैन, जो रौतहटमा छ,’ सांसद प्रभु साहले भने । रौतहटस्थित मदानी महोत्सबमा भाग लिनका लागि रौतहट आउन लागेका साहले जानकारी दिए ।