प्रतिनिधि सभा विघटन र अन्तरिम सरकार गठन विरूद्ध दायर भएको रिटमाथि सर्वोच्च अदालतले जेठ ६ गते सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार उक्त रिटको सुनुवाइका लागि जेठ ६ गते बुधबारको दिन संवैधानिक इजलासमा हुने भएको हो ।
यसअघि साधारण तारेख मात्रै राखिँदै आएको थियो । अहिले उक्त रिटको सुनुवाइ हुने भएको हो । सर्वोच्च अदालतमा संसद विघटन विरूद्ध १७ वटा रिट दायर भएका छन् । अहिले संसद विघटनपछि फागुन २१ गते निर्वाचन भई नयाँ सरकार समेत गठन भइसकेको छ।
सुशीला कार्की अन्तरिम सरकारकी प्रधानमन्त्री नियुक्त भएपछि भदौ २७ गते उनले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्ति समेत असंवैधानिक बताउँदै रिट दायर भएको थियो ।
यस्तै यता फागुन २१ गते निर्वाचन सम्पन्न भई नयाँ सरकार समेत गठन भइसकेको छ।














