नेकपा (एमाले)ले १४ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।
साथै बैठकले नेपाली कांग्रेससँग बनेको सत्ता समीकरणबाट जनताले धेरै आशा गरेको निष्कर्ष निकालेको छ । तीन दिनसम्म पार्टी मुख्यालय, च्यासल ललितपुरमा बसेको केन्द्रीय कमिटी बैठकले समसामयिक विषयका १४ वटा प्रस्ताव पारित गर्दै अहिलेको सत्ता समीकरणबाट जनताले धेरै आशा गरेको जनाएको हो ।
१४ मध्ये पहिलो प्रस्तावमै एमालेले राजनीतिक स्थायित्वको लागि कांग्रेससहितको सरकारसँग जनताले धेरै अपेक्षा गरेको जनाएको छ । ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै एमालेले अर्थतन्त्रलाई गतिशील, सुदृढ गर्दै राजनीतिक स्थायित्वमा अगाडि बढ्ने संकल्प गरेको छ ।
कांग्रेससँग भएको सहमति कार्यान्वयन र सरकारको सफलताका लागि हरसम्भव योगदान गर्ने एमालेले जनाएको छ । यस्तै सत्तारूढ दलहरू बिचको आपसी विश्वास तथा समझदारी अझ सुदृढ होस् र यो सरकार प्राप्त ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास र समृद्धिको अभिभारा पूरा गर्न एवं राजनीतिक स्थायित्व सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।
यस्ता छन् एमाले बैठकले पारित गरेको १४ प्रस्ताव



