इटहरीमा आगलागीबाट महिलाको मृत्यु, घरमा आफैँले आगो लगाएको आशंका

सुनसरीको इटहरीमा आगलागीमा परी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–६ का ५२ वर्षीया गोपीमाया कटुवाल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

इटहरी–६ का विष्णु खड्काको घरमा गएराति भएको आगलागीमा कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ । कटुवाल छोरा–बुहारीसँग डेरामा बस्थिन् ।

कटुवालले आफैँले आगो लगाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । कटुवालले डिप्रेसन (मानसिक चिन्ता) को औषधि खाइरहेकी थिइन् ।

उनी कोठामा एक्लै सुतेका बेलामा भित्रबाट कोठा बन्द रहेको जनाइएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Share