केयी नेपालले केयी एक्सचेन्ज कार्निभल २०८२ आयोजना गर्ने भएको छ ।
यही वैशाख २६ देखि २८ गतेसम्म थापाथलीमा उक्त कार्निभल आयोजना गर्ने भएको हो । केयी शोरुमनजिकै हुने कार्निभललाई केयी नेपालले मेगा एक्सचेन्ज इभेन्ट भनेको छ ।
कार्निभलमा कम्पनीका लाइनअपहरु इक्युट ०२, इक्युट ०४ र एक्स३ प्रो ईभी एक्सचेन्ज गर्न सकिनेछ । ग्राहकले कार्निभलमा तत्कालै आफ्ना गाडीको उच्च मूल्यांकन, नगद छुट र हरेक भ्यालुएसनमा क्यूएफएक्स मुभी टिकट निःशुल्क पाउनेछन् ।
यसबाहेक छनोट भएका मोडलहरुमा ग्राहकले उपयुक्त बीमा, सडक दस्तुर र एक्सचेन्ज बोनस समेत पाउनेछन् ।
इक्युटको हरेक बुकिङमा ग्राहकले बोस्क जेट कार वासर र एक्स३ प्रोको बुकिङमा बोस्ककै वासिङ मेसिन पाउनेछन् । कार्निभलमा पारिवारिक मनोरञ्जन, खेल र सांगीतिक कार्यक्रम समेत आयोजना गरिनेछन् ।
एक्स३ प्रो एसयूभीको सुरुवाती मूल्य ४३ लाख ९६ हजार रहेको छ । ग्राहकले यसमा ६.०५ लाखसम्म कुल लाभ पाउने कम्पनीले जनाएको छ ।
कार्निभलमा कुनै पनि ब्रान्डका सवारीसाधन माथिको मोडलहरुसँग एक्सचेन्ज गर्ने सुविधा पाइनेछ ।
















