सर्वोच्च अदालतले रवि लामिछाने र छविलाल जोशीविरुद्धको आदेश सच्याएको छ ।
शुक्रबार गरेको आदेशमा त्रुटि भएपछि आदेश गर्ने इजलासले नै सच्याएको हो ।
न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकाललको इजलासले शुक्रबार गरेको आदेशमा भूलवश फैसला लेखिएको भन्दै आइतबार सच्याएको हो ।
इजलास अधिकृत आफैले त्रुटि सच्याइ पाऊँ भन्दै प्रतिवेदन पेस गरेका थिए ।
उक्त माग बमोजिम आइतबार सर्वोच्चले आदेश दिँदै भनेको छ, ‘यसमा, सम्बन्धित मिसिल हेर्दा, उक्त आदेशको शिरखण्डको चौथो हरफमा ‘आदेश’ उल्लेख हुनुपर्नेमा ‘फैसला’ लेखिन गएको देखिँदा प्रतिवेदन मागबमोजिम टाइपमा हुन गएको उल्लिखित त्रुटि न्याय प्रशासन ऐन, २०७३ को दफा १८(३) बमोजिम सच्याइ फैसला लाई ‘आदेश’ कायम गरिदिएको छ। प्रस्तुत आदेशलाई उक्त आदेशको अभिन्न अंग मानी मिसिल सामेल गर्नु ।’














