कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको बस त्रिशूलीमा खस्यो, ४ जनाको मृत्यु

कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको बस आज बिहान धादिङकाे गजुरी गाउँपालिका-५ घाटबेँसीबाट त्रिशूली नदीमा खसेको छ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले दिएको जानकारीअनुसार दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ३३ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट खटिएको टोलीले उद्धार गरेको छ।

उक्त स्थानमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमान्डमा ६ जना गोताखोरसहित २० जनाको टोली खटिएको डीएसपी थापाले जानकारी दिए।

लु २ ख २१२१ नम्बरकाे बस बुधबार बिहान करिब पाँच बजे नदीमा खसेकाे हाे। मृतक र घाइतेकाे पहिचान खुलेकाे छैन। दुर्घटनाकाे विस्तृत विवरण आउन बाँकी छ।

Share