जापानी भूभागमा उत्तर कोरियाको ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार

Image
A projectile flies mid-air on the day North Korean leader Kim Jong Un oversaw a long-range strategic cruise missile launching drill, according to local media, at an unknown location, December 28, 2025, in this pictured released December 29, 2025 by North Korea's official Korean Central News Agency. KCNA via REUTERS

उत्तर कोरियाले आइतबार जापानी भूभागमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । 

स्थानीय समाचार आउटलेट द जापान टाइम्सले रक्षामन्त्री शिन्जिरो कोइजुमीलाई उद्धृत गर्दै उत्तर कोरियाले कम्तिमा दुई क्षेप्यास्त्र प्रहार गरेको बताएको छ ।

रिपोर्ट अनुसार, दुबै क्षेप्यास्त्रहरू जापानको विशेष आर्थिक क्षेत्र बाहिर खसेको बताइएको छ । यो क्षेत्र जापानको तटबाट २०० समुद्री माइल (३७० किलोमिटर) फैलिएको छ र क्षेप्यास्त्रहरू जापानको सागरमा खसेका छन् ।

सोही रिपोर्टले रक्षामन्त्री कोइजुमीलाई उद्धृत गर्दै भनेको छ- ‘उत्तर कोरियाको बारम्बार ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपणले हाम्रो क्षेत्र र अन्तर्राष्ट्रिय समुदायको शान्ति र सुरक्षाको लागि खतरा निम्त्याउँछ ।’

क्षेप्यास्त्रहरूले लगभग ९५० किलोमिटरको दूरी तय गरेको बताइएको छ । यसको अर्थ दक्षिणी जापानको ठूलो भाग उनीहरूको प्रहार दायरा भित्र पर्छ, जहाँ अमेरिका र जापान आत्म-रक्षा बलका महत्त्वपूर्ण सैन्य अड्डाहरू पनि रहेका छन् ।