सुनसरीमा प्रतिनिधिसभा निर्वाचन विरोधी गतिविधिमा संलग्न तीन जना पक्राउ

Image

सुनसरी प्रहरीले प्रतिनिधिसभाको निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

इनरुवास्थित जिल्ला प्रहरी कार्यालयका अनुसार, २१ फागुनमा हुने निर्वाचनको वातावरण विथोल्ने र सर्वसाधारणलाई मतदान स्थलमा नजान धम्काउने आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा इलामको माङसेबुङ गाउँपालिका–१ का ३८ वर्षीय प्रविन मिश्र, मोरङको पथरी–शनिश्चरे नगरपालिका–१० का ५१ वर्षीय सिताराम बुढाथोकी र भोजपुरको साप्लासिसो गाउँपालिका–१ का ४६ वर्षीय डिल्लिराम बोहोरा रहेका छन्।

सुनसरीका एसपी केशव थेबेका अनुसार, बुढाथोकी र बोहोरा शनिबार र मिश्र बुधबार पक्राउ परेका हुन्। प्रहरीले उनीहरूमाथि थप अनुसन्धान जारी राखेको जनाएको छ।