काठमाडौंमा अपहरण गरी बन्धक बनाएको आरोपमा तीन पक्राउ

Image

काठमाडौंमा एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएर कुटपिट गरेको आरोपमा तीनजना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले विशेष सूचनाको आधारमा काठमाडौं महानगरपालिका–१२ टेकुस्थित रोडलाइन प्यालेस होटलबाट पूर्णबहादुर बोहरालाई सकुशल उद्धार गरेको हो।

प्रहरीका अनुसार बोहरालाई बन्धक बनाई कुटपिट गरी घाइते अवस्थामा राखिएको थियो। घटनामा संलग्न रहेको आरोपमा सुर्खेत वीरेन्द्रनगर–५ का फपेन्द्र न्यौपाने, कास्की माछापुच्छ्रे–७ का शिवबहादुर घर्ती र जुम्ला तिला गाउँपालिका–८ का धनराज वस्नेतलाई मंगलबार पक्राउ गरिएको छ। पक्राउ परेका शिवबहादुर घर्ती उक्त होटलका सञ्चालक रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।