राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा गुग्लिएल्मो एरेना नियुक्त

Image

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकमा गुग्लिएल्मो एरेना नियुक्त भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जनाएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा महासचिव किरण राई र एरेनाले नियुक्ति पत्रमा हस्ताक्षर गरेका छन्। उनीसँगको सम्झौताबारे एन्फाले खुलाएको छैन।

एरेनाको पहिलो जिम्मेवारी मार्च २६ मा दशरथ रंगशालामा हुने नेपाल र हङकङबीचको खेलबाट हुने एन्फाले जनाएको छ।

५२ वर्षिय एरेनाले यसअघि लाओसको राष्ट्रिय टिममा काम गरेका थिए। इटालियन प्रशिक्षक एरेना एएफसी प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन्। पछिल्लो समय उनले मोरक्कोको क्लब मग्रेब फेजको प्रशिक्षण सम्हालेका थिए।