झापाको भद्रपुरबाट लागूऔषध खैरो हेरोइनसहित सात जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–६ स्थित श्रवण यादवको घरमा गएराति गरिएको खानतलासीका क्रममा खैरो हेरोइन बरामद गरिएको हो। सोही घटनामा संलग्न रहेको अभियोगमा उक्त घरबाट तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, भद्रपुर बसपार्क क्षेत्रबाट थप चार जनालाई खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको छ।
प्रहरीले पक्राउ परेकामाथि लागूऔषध कारोबारसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जनाएको छ।














