सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा

Image

सन्दीप लामिछाने को कप्तानीमा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टोली घोषणा गरिएको छ।

बुधबार बागमती प्रदेश क्रिकेट संघले सन्दीपको नेतृत्वमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो। टोलीको उपकप्तानमा इशान पाण्डे रहेका छन्।

शनिबारदेखि सुरु हुने प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लबसँगै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सहभागिता रहनेछ।

प्रतियोगिताका खेलहरू काठमाडौंस्थित टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानका साथै मधेश प्रदेशको पर्सा र जनकपुरमा सञ्चालन हुनेछन्।

बागमतीले आइतबार विभागीय टोली नेपाल एपीएफ क्लबसँग खेल्दै आफ्नो यात्रा सुरु गर्नेछ।

बागमतीको टोली:
सन्दीप लामिछाने (कप्तान), आशुतोष घिरैया, उत्तम थापामगर, इशान पाण्डे (उपकप्तान), पवन थापा, दयानन्द मण्डल, प्रतिस जिसी, सुवास खत्री, विवेक रानामगर, रिजन ढकाल, शुभ कंसाकार, सुभम तिवारी, रिन्जिग लामा, सचिन लेखक, सोनु देवकोटा।