विभिन्न स्थानबाट लागुऔषधसहित ७ जना पक्राउ

Image

नियमित गस्तीमा खटिएको प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित सात जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरीका अनुसार बूढानीलकण्ठ नगरपालिका–१० बाट एक जना, इनरुवा नगरपालिका–४ बसचोकबाट दुई जना तथा धरान उपमहानगरपालिका–१५ बाट एक जनालाई खैरो हेरोइन र गाँजासहित गएराति पक्राउ गरिएको हो।

यसैगरी, विर्तामोड नगरपालिका–३ बाट एक जना, बेलौरी नगरपालिका–१० पन्तचोकबाट एक जना र धनगढी उपमहानगरपालिका–१० घुइयाबाट एक जनालाई खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेकाहरूबाट विभिन्न परिमाणमा लागुऔषध बरामद गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।