इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानविरुद्ध जारी युद्धमा अमेरिका र इजरायललाई साथ दिन विश्व नेताहरूलाई आह्वान गरेका छन्।
दक्षिणी इजरायलको अराड शहरमा भएको आक्रमणस्थलबाट सम्बोधन गर्दै उनले केही देशहरू यस दिशामा अघि बढिरहेको दाबी गरे। नेतन्याहुले इरानले नागरिकलाई लक्षित गरी हमला गरेको आरोप लगाउँदै यसको सैन्य क्षमता युरोपसम्म पुग्न सक्ने बताएका छन्।
उनका अनुसार यो युद्ध केवल इजरायलको सुरक्षासँग मात्र सम्बन्धित नभई अन्तर्राष्ट्रिय सुरक्षासँग जोडिएको विषय हो। त्यसैले उनले विश्व समुदायलाई एकजुट हुन आग्रह गरेका छन्।
यता इरान र अमेरिका–इजरायलबीचको तनाव लगातार चर्किँदै गएको छ। पछिल्ला दिनहरूमा इरानी मिसाइल आक्रमणबाट दक्षिणी इजरायलका विभिन्न क्षेत्रमा क्षति पुगेको र सर्वसाधारण घाइते भएको जनाइएको छ।
















