न्यूयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित

Image

सोमबार बिहान न्यूयोर्कको लागार्डिया विमानस्थलमा एक विमान रनवेमा ठोक्किँदा उडानहरू रद्द भएका छन्।

एयर क्यानाडा एक्सप्रेसको यात्रुवाहक जहाज माउन्ट्रियलबाट उत्रँदै गर्दा रनवेमा रहेको गाडीमा ठक्कर दिएको बताइएको छ। दुर्घटनापछि विमानको अगाडिको भाग र ककपिट क्षेत्र गम्भीर रूपमा क्षतिग्रस्त भएको दृश्यहरू सामाजिक सञ्जालमा देखिएका छन्।

घटनास्थलमा उद्धार र आपतकालीन सेवाहरू सक्रिय रहेका छन्। संयुक्त राज्य नागरिक उड्डयन प्रशासनले सम्पूर्ण उडानहरूमा ग्राउन्ड स्टप जारी गरेको छ भने स्थानीय आपतकालीन प्राधिकरणले यात्रु र यातायातमा रद्द र ढिलाइ हुने चेतावनी दिएका छन्।

अहिलेसम्म यस दुर्घटनामा घाइतेको संख्या वा अवस्था आधिकारिक रूपमा पुष्टि गरिएको छैन। अधिकारीहरूले घटनाको पूर्ण अनुसन्धान जारी रहेको बताएका छन्।