इरानका सरकारी सञ्चारमाध्यम र उच्च अधिकारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्षेत्रीय तनावबारे वार्ता भइरहेको दाबी गरेको कुरालाई अस्वीकार गरेका छन्।
उनीहरूले इरान र अमेरिकाबीच कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष संवाद नभएको बताएका हुन् । फार्स समाचार एजेन्सीले इरानको विदेश मन्त्रालयलाई उद्धृत गर्दै ट्रम्पसँग कुनै प्रत्यक्ष सम्पर्क नरहेको र मध्यस्थकर्ता पनि नभएको बताएका हुन् ।
साथै इरानले ट्रम्पले पश्चिम एसियाका सबै ऊर्जा केन्द्रहरू निशानामा पर्ने सुनेपछि पछि हटेको बताएको छ । विदेश मन्त्रालयले तनाव घटाउने सम्बन्धमा आउने सबै आग्रहहरूबारे युद्ध सुरु गर्ने पक्ष आफूँ नभएकाले यस्ता सबै अनुरोधहरू वाशिङ्टनतर्फ नै पठाउनुपर्ने बताएको छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत दुई दिनमा अमेरिका र इरानबीच भएको वार्ता फलदायी बनेको र इरानविरुद्ध हुने अमेरिकी आक्रमणहरू पाँच दिनका लागि रोक्ने निर्णय गरेको बताएका थिए ।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा ‘मध्यपूर्वमा हाम्रा शत्रुताहरूको पूर्ण र समग्र समाधानको सम्बन्धमा धेरै राम्रो र फलदायी कुराकानी’ भएको उल्लेख गरेका छन् । ट्रम्पका अनुसार इरानको ऊर्जा पूर्वाधारमा हुने सबै अमेरिकी आक्रमणहरू पाँच दिनका लागि रोक्ने निर्णय भएको छ ।
यसअघि, इरानको राष्ट्रिय रक्षा परिषद्ले इरानी तट वा टापुहरूमा आक्रमण गर्ने कुनै पनि प्रयासले ‘फारसको खाडीका सबै सञ्चार लाइनहरूमा माइन (विस्फोटक पदार्थ) बिछ्याइनेछ’ भनेको थियो ।
तर ट्रम्पको बार्ता भएको कुरालाई इरानले अस्विकार गरेको हो ।
















