अमेरिका–इरान वार्ताको परिणाम अमेरिकी प्राथमिकतामा निर्भर रहन्छ : इरानका उपराष्ट्रपति

Image

इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरिफले इस्लामाबादमा हुन लागेको उच्चस्तरीय अमेरिका–इरान वार्ताको परिणाम पूर्ण रूपमा अमेरिकी प्राथमिकतामा निर्भर रहने बताएका छन्।

सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै उनले अमेरिकाले आफ्नो “अमेरिका पहिलो” नीतिलाई केन्द्रमा राखेमा दुवै पक्षका लागि लाभदायक सम्झौता सम्भव रहेको उल्लेख गरेका छन्।

तर उनले अमेरिकाले यदि “इजरायल पहिलो” एजेन्डातर्फ मोडिएमा वार्ता असफल हुने चेतावनी दिएका छन्। त्यस्तो अवस्थामा कुनै सम्झौता नहुने र इरानले आफ्नो सुरक्षा रणनीतिलाई अझ सशक्त बनाउँदै अघि बढ्ने बताएका छन्।

अरेफले यस्तो परिदृश्यले विश्वसमुदायमै थप लागत र तनाव निम्त्याउने चेतावनी दिएका छन्।