युट्युबमार्फत प्रधानमन्त्रीसहितका नेताहरूमाथि अपमानजनक र गालीगलौजपूर्ण सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा फाल्गुनन्द गाउँपालिका–७ निवासी रोशन पोखरेल रहेका छन्। उनलाई नेपाल प्रहरी साइबर ब्युरो को अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार ‘Hades’ नामक युट्युब च्यानलमार्फत प्रसारित सामग्रीका आधारमा उनलाई पक्राउ गरिएको हो।
पक्राउ परेका पोखरेललाई जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरी साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख अनिश कर्ण (डीएसपी) ले जानकारी दिएका छन्।














