लागूऔषध कोकिनसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–९ का २७ वर्षीय सुनिल लामा, झापाको मेचीनगर नगरपालिका–९ का ३१ वर्षीय विवेक गौतम, भारतीय नागरिक २७ वर्षीय हर्षित डाँगी र ३९ वर्षीय मानिक गुलाटी रहेका छन्।
उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरो को टोलीले पक्राउ गरेको हो। उनीहरूको साथबाट ३३ ग्राम कोकिन बरामद गरिएको ब्युरोका एसएसपी कृष्ण कोइराला ले जानकारी दिए।
यसैगरी, ब्युरोले औषधिजन्य लागूऔषधसहित थप चार जनालाई पनि नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा नुवाकोटका २८ वर्षीय अनिल तामाङ, काभ्रेका २२ वर्षीय प्रदीप थापा मगर, नुवाकोटकै २३ वर्षीय सरोज राई र मनाङका २६ वर्षीय सुमन गुरुङ रहेका छन्।
उनीहरूबाट १२ हजार ६ सय पिस ट्रामाडोल बरामद भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















