ओमान सागरमा इरानी जहाजमाथि गोली प्रहार, अमेरिकी सेनाले लियो नियन्त्रणमा

Image

अमेरिकी नौसेनाले ओमान सागर क्षेत्रमा अमेरिकी नाकाबन्दी तोड्ने प्रयास गरेको इरानी झण्डा बोकेको मालवाहक जहाजमाथि गोली चलाएर नियन्त्रणमा लिएको छ ।

संयुक्त राज्य अमेरिका केन्द्रीय कमाण्डले युएसएस स्प्रुआन्सले “टौस्का” नामक इरानी झण्डा बोकेको जहाजलाई अवरोध गरेको जनाएको छ। उक्त जहाज अमेरिकी नाकाबन्दी उल्लंघन गर्दै इरानी बन्दरगाहतर्फ जाँदै थियो।

जहाजका चालकदलले ६ घण्टासम्म दिइएको चेतावनी पालना नगरेपछि स्प्रुआन्सले जहाजको इन्जिन कक्ष खाली गर्न निर्देशन दिएको थियो। त्यसपछि “टौस्का” को सञ्चालन क्षमता निष्क्रिय बनाउन इन्जिन कक्षमा गोली प्रहार गरिएको बताइएको छ।

यस घटनाले क्षेत्रीय जलमार्गमा बढ्दो तनावलाई अझ चर्काएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रतिनिधिहरू इरानसँग वार्ताका लागि पाकिस्तानको इस्लामाबादतर्फ प्रस्थान गरिरहेको घोषणा गरेका थिए । त्यसको केही समयमै यो घटना घटेको हो । इरानले भने हालसम्म औपचारिक रूपमा वार्तामा सहभागी हुने पुष्टि गरेको छैन ।