सिरहा कारागारमा विवाद, २२ कैदीबन्दी नियन्त्रणमा

Image

सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएको छ। प्रहरीले २२ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएको छ।

कारागारको आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास गरेको आरोपमा उनीहरूलाई मंगलबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुई दिनअघि कारागारका चौकीदार प्रेम चौधरीलाई केही कैदीको समूहले बाहिर निकालेका थिए।

उनीहरूले आन्तरिक व्यवस्थापन आफ्नो हातमा लिने प्रयास गरेपछि तनाव सुरु भएको थियो। कारागारभित्रै गुटबन्दी गरी अशान्ति फैलाउन खोजेपछि सुरक्षा निकायले हस्तक्षेप गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालले कारागारको सुरक्षा र अनुशासन कायम राख्न प्रहरीले कारागारमा बिहानै ‘अप्रेसन’ चलाएको जानकारी दिए।