नवलपरासीमा सवारी दुर्घटना : पैदलयात्रीको मृत्यु

Image

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० सिस्नेस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

गैँडाकोटबाट कावासोतीतर्फ जाँदै गरेको बा२झ ३८५४ नम्बरको टाटा सुमोले भरतपुर महानगरपालिका–२५ निवासी ४७ वर्षीय श्यामबहादुर भुजेललाई गए राति ठक्कर दिएको थियो। गम्भीर घाइते भएका भुजेलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार दुर्घटनामा संलग्न सवारीसाधन र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको छ।

ठक्कर दिने सवारी कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलनिका) नवलपरासीको रहेको पनि प्रहरीले जनाएको छ।