बाजुराको खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको निधन भएको छ। ५० वर्षको उमेरमा गएराति उनको निधन भएको गाउँपालिकाकी उपाध्यक्ष विसुदेवी नाथले जानकारी दिइन्। उनको बुधबार राति नौ बजे आफ्नै घर नाईनामा मुत्यु भएको हो।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित विष्ट चार वर्षदेखि ब्रेन क्यान्सरबाट पीडित थिए।गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले वडाध्यक्ष विष्टको निधनमा गाउँपालिकाले एकदिन शोक बिदा दिने र राष्ट्रिय आधा झण्डा झुकाउने बताए।
पारिवारिका स्रोतका अनुसार दुई वर्षअघि वीर अस्पतालमा उनको टाउकाको अप्रेसन गरिएको थियो। अप्रेसनपछि डाक्टरले उनलाई बढी नबोल्न, आराम गर्न र पटक पटक फलोअप आउन भनेका थिए।
तर, घरको आर्थिक अवस्था कमजोर भएका कारण उनले उपचारलाई निरन्तरता दिन सकेनन्।उनका दुई छोरा, दुई छोरी र श्रीमति छन्।















