हालसम्म ६८ सुकुमवासी परिवार सरकारको सम्पर्कमा

Image

सरकारले सुकुम्बासी बस्ती खाली गरेपछि ६८ परिवारले घर नभएको विवरण टिपाएका छन्। थापाथली र सिनामंगलको गैरीगाउँस्थित बागमती नदी किनारका वस्तीहरू खाली गरिएपछि त्यहाँका स्थानीयको विवरण संकलन गर्न त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्क्रिनिङ सेन्टर बनाइएको छ।

६८ परिवारको विवरण दर्ता गरिएको विवरण संकलनमा संलग्न रहेका अधिकारसम्पन्न एकीकृत बागमती सभ्यता विकास परियोजनाका सामाजिक परिचालक कुमार सिंखडाले जानकारी दिए। विवरण टिपाउनेमा धेरैथापाथलीका परिवारले छन्।

सुकुम्बासीहरूलाई पाँच स्थानमा होल्डिङ सेन्टर स्थापना गरिएको छ। नागार्जुनमा ४२ वटा व्यवस्थित आवास युनिट राखिएको छ। काठमाडौंको महानगर अन्तर्गत रहेको कीर्तिपुरको सत्सङको ठूलो भवन र भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा उनीहरूलाई राखिने छ।

​खरीपाटी र चाँदबागस्थित सरकारी भवन र खाली जग्गामा पनि उनीहरूलाई राख्ने तयारी छ।