भक्तपुरको मनोहरास्थित सुकुमवासी बस्ती खाली गर्न गएको डोजरमा बस्तीका स्थानीयले ढुंगामुढा गरेका छन् ।
शनिबार साँझ पुगेको डोजरलाई स्थानीयले ढुंगा प्रहार गरेपछि केहीबेर तनावको स्थिति भएको नगर प्रहरीले जनाएको छ ।
उक्त ढुंगामुढाका क्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीका करिब १ दर्जन कर्मचारी घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीले आजका लागि काम रोकेर फर्किएको छ ।
यसअघि काठमाडौँका दुई स्थानका सुकुमबासी बस्ती भने सरकारले शान्तिपूर्वक खाली गराइसकेको छ ।















