नेपाल मेडिकल काउन्सिलले १९ जना मेडिकल डाक्टरको नाममा आफ्नो दर्ता किताबबाट हटाएको छ। काउन्सिलले आज सूचना जारी गर्दै नेपाल मेडिकल काउन्सिल ऐन- १०२० को नियमावली २०२४, नेपाल नागरिकता ऐन- २०६३ अनुसार नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका डाक्टरहरूको दर्ता खारेज गदै उनीहरूको नामसमेत आफ्नो किताबबाट हटाएको हो।
नेपाली नागरिकता परित्याग गर्नेहरूमा डा. समुन्द्रा पुन, डा. शैलेशकुमार जयसवाल, डा. भुपेस खड्का, डा.आरती रानाभाट, डा.रमेशराज पहाडी, डा.सञ्जोग घले, डा.ऋषिराज बराल, डा.प्रभु पाण्डे, डा.तृप्ति महर्जन, डा.सृजन श्रेष्ठ, डा.सुनिता बष्टि, डा.दीपा मल्ला छन्।
त्यसैगरी डा.सौरब जीसी, डा.जेनिशा श्रेष्ठ, डा.प्रभास रेग्मी, डा.दीपिका ज्ञवाली, डा.हेमु चौरसिया, डा.समीक्षा शर्मा र डा.मनोरम पाण्डेको नाम पनि काउन्सिलले आफ्नो दर्ता किताबबाट हटाएको छ।
उनीहरू सबैले नेपाली नागरिकता नै परित्याग गरेका काउन्सिलले जनाएको छ।

















