सरकारले अर्को अध्यादेश पनि राष्ट्रपति कार्यालयमा पठायो

Image

सरकारले अर्को अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष जारी गर्न सिफारिस गरेको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश राष्ट्रपति कार्यालय पठाएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव रितेशकुमार शाक्यले नयाँ अध्यादेशको रूपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको जानकारी दिए । सरकारले राष्ट्रपति कार्यालयमा जारी गर्नका लागि सिफारिस गरेको यो आठौँ अध्यादेश हो ।

उनले अहिलेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ८ अध्यादेश जारी गर्नका लागि सिफारिस भएर राष्ट्रपति कार्यालयमा पुगेको र २ अध्यादेश जारी भएको जानकारी दिए । बाँकी ६ अध्यादेश भने अध्ययनको क्रममा रहेको छ । राष्ट्रपतिले सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश भने जारी गरिसकेका छन् ।