नेपाली कांग्रेसका सभापति गगन थापाले सार्वजनिक जिम्मेवारीमा बसेका व्यक्तिहरूको इमानदारितामा कुनै पनि सम्झौता नहुने बताएका छन्।
आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै पार्टी र आफ्नो नेतृत्वमा रहेको सरकार दुवै तहमा जिम्मेवारीबोध आवश्यक रहेको बताए ।
सार्वजनिक पदमा रहेका कुनै पनि व्यक्तिले आर्थिक अनियमितता गरे स्वीकार्य नहुने उनको भनाइ छ। उनले भने, ‘कांग्रेसको एकजना पनि वडाध्यक्षले, एकजना पनि कुनै गाउँपालिकाको अध्यक्षले, कुनै मेयरले, कसैले पनि पार्टीको हामी प्रत्यक्ष सदस्यले लेवी तिर्दै छौँ। सांसदलाई पनि पार्टीको सामान्य लेवी छ। म अहिले पार्टी सभापति छु, पार्टी सञ्चालन गर्नको लागि भनेर १ रुपैयाँ पैसा पनि पार्टीको खातामा कसैले हाल्नु पर्दैन। स्थानीय सरकारदेखि प्रदेश सरकारसम्म सार्वजनिक जिम्मेवारीमा बसेको कुनै पनि व्यक्तिले १ रुपैयाँको पनि एक सुकाको पनि तलमाथि गरेको कुरा एक्सेप्टेबल हुँदैन।’
स्थानीय सरकार, प्रदेश सरकार ठिक ढङ्गले चलाउने कुरालाई ध्यान दिनुपर्ने बताए। अहिले संघीय संसद्मा प्रमुख प्रतिपक्षी दल भएकाले सरकारलाई निगरानी गर्ने र आवश्यक परे सहयोग गर्ने दुवै जिम्मेवारी रहेको बताए ।
उनले थपे, ‘कांग्रेसको आजको दिनको सबैभन्दा पहिलो प्राथमिकता भनेको यसको राष्ट्रप्रति को केही जिम्मेवारी छ। आज हामी संघको प्रमुख प्रतिपक्षी दल हो। सरकारको जति जिम्मेवारी हुन्छ, त्यत्तिकै प्रतिपक्षी दलको पनि हुन्छ। प्रतिपक्षी दल अलिकति चुक्यो भने डेमोक्रेसी लर्खराउँछ।’
उनले अहिले सरकारले रवैया देखाइरहेको टिप्पणी गरे। अर्को हप्ताबाट करिब २०–२५ दिन प्रदेशमा पुगेर बजेट, नीति–कार्यक्रमलगायतको विषयमा छलफल गर्ने बताए।













