कपन गुम्बा क्षेत्रमा सुकुम्वासी बस्ती भत्काउन सुरु

Image

 सरकारले कपन गुम्बा र तिलगंगा क्षेत्रमा पनि डोजर चलाएको छ । अतिक्रमित जग्गा खाली गर्ने सरकारको अभियानअन्तर्गत डोजर चल्ने काम जारी रहेको छ । 

काठमाडौं महानगरपालिकाका महानगरप्रहरी विष्णु जोशीका अनुसार, तिलगंगा र कपन गुम्बा क्षेत्रमा आइतबार (वैशाख २०) डोजर चलेको छ । उनका अनुसार, शनिबारदेखि डोजर चलेको देवीनगर क्षेत्रको साततले घर पनि आज भत्काइएको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार, विभिन्न निकायका पदाधिकारीहरू फिल्डमै खटाएका छन् । “नापी विभाग, नक्सापासलगायत विभिन्न निकायका पदाधिकारीहरू फिल्डमा खटाएका छन् । धमाधम डोजर चल्ने काम जारी छ,” उनले भने । 

सरकारले केही दिनअघि काठमाडौंको थापाथली, बल्खु, कालीमाटी, बालाजु, सिनामंगल गैरीगाउँ क्षेत्रका सुकुम्वासी बस्तीमा डोजर चलाएको थियो ।