देवीनगरस्थित धोबीखोला करिडोरमा रहेको ठूलो घर पनि भत्काउने तयारी गरिएको छ ।
अतिक्रमण गरी बनाएको भन्दै सरकारले उक्त घर भत्काउने तयारी गरेको हो । अहिले उक्त घरबाट सुरक्षाकर्मीले सामान निकालिरहेका छन् अहिले उक्त क्षेत्रमा सशस्त्र, नेपाल प्रहरी र नगर प्रहरी ठूलो मात्रामा परिचान गरिएको छ ।
यो घरमा, रेष्टुरेन्ट, बार, स्पालगायतका विभन्न व्यवसाय सञ्चालनमा छन् । केही दिनदेखि यो घर सामाजिक सञ्जालमा चर्चित थियो । यो क्षेत्रमा रहेका सुकुमवासीका अन्य घरहरु यसअघि भत्काइसकिएको छ ।















