सरकारले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार वैशाख २८ गते दिउँसो २ बजे संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गर्न सिफारिस गरिएको छ।
सरकारको उक्त निर्णयसँगै अब राष्ट्रपतिबाट औपचारिक आह्वानपछि संसद अधिवेशन सुरु हुने तयारी गरिएको छ।












