राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को संयुक्त बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। राष्ट्रपतिको सम्बोधनका लागि वैशाख २८ गते अपराह्न ४ बजे तय गरिएको छ।
यसका लागि सबै संसद् सदस्यलाई बैठकमा उपस्थितिका लागि सरकारले आह्वान गरेको छ। यस सम्बन्धी व्यवस्था गर्न संसद सचिवालयलाई आग्रह गरेको छ।














