पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) छाडेका छन्। उनी प्रलोपाका संरक्षक थिए।
भट्टराईले आफू कुनै पनि सांगठनिक जिम्मेवारीमा नरही स्वतन्त्र रहन चाहेको व्यहोरा पार्टीलाई जानकारी गराएका थिए। त्यसअनुसार पार्टीले वैयक्तिक छनौटलाई सम्मान गर्दै भट्टराईलाई शुभकामना दिने निर्णय गरेको छ।
साथै प्रलोपाले अध्यक्ष परिषद् सदस्य सुदन किरातीलाई पनि शुभकामना दिएको छ। उनी आज श्रम संस्कृति पार्टी प्रवेश गरेका छन्। प्रलोपाले महाधिवेशन समग्र पार्टीको योजना निर्माण र कार्यान्वयन गर्न छिट्टै सचिवालय बैठक आयोजना गर्ने उल्लेख गरेको छ।















