कृषि मन्त्रालयको प्रगति र आगामी योजना बारे संसदीय समितिमा छलफल हुँदै

Image

सङ्घीय संसद्अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।

संसद् सचिवालयका अनुसार बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय को परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल हुने कार्यसूची रहेको छ ।

बैठकमा मन्त्रालयका पदाधिकारी, सम्बन्धित अधिकारी तथा समितिका सदस्यहरूबीच कृषि क्षेत्रको वर्तमान अवस्था, कार्यक्रम कार्यान्वयन र आगामी योजनाबारे धारणा आदानप्रदान हुने जनाइएको छ ।