हिरासतमा रहेका सुलभ अग्रवालसँग आइप्याड भेटिएपछि प्रहरीमाथि छानबिन सुरू

Image

हिरासतमा बस्दा व्यापारी सुलभ अग्रवालसँग आइप्याड भेटिएपछि छानबिन सुरू भएको छ। सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका अग्रवाललाई जिल्ला प्रहरी परिसर ललितपुरमा राख्दा हिरासतभित्रै आइप्याड चलाइरहेको उजुरी परेपछि छानबिन समिति गठन भएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिआइजी ओम अधिकारीको नेतृत्वमा छानबिन भइरहेको छ। उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

यसबीच अग्रवाललाई परिसरको हिरासतबाट विभागलाई नै बुझाइसकेको छ। अहिले अग्रवालको स्वास्थ्य अवस्था ठिक नभएकाले अस्पतालमा भर्ना भएको स्रोतले बतायो।