८ विश्वविद्यालयको उपकुलपतिमा १८९ जनाको आवेदन स्वीकृत, २९ अयोग्य

Image

 ८ वटा विश्वविद्यालयको उपकुलपतिमा आवेदन दिएका २१८ मध्ये १८९ जनाको स्वीकृत भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार २९ आवेदन अयोग्य भएको छ ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ५०, पूर्वाञ्चल विश्वविद्यालय ३८, पोखरा विश्वविद्यालय ३८, सुदूरपश्चिम विश्वविद्यालय १९, मध्यपश्चिम विश्वविद्यालय २०, लुम्बिनी बौद्ध विश्वविद्यालय ११, कृषि तथा वन विज्ञान विश्वविद्यालय १५ र राजर्षि जनक विश्वविद्यालयको लागि २७ गरी २१८ जनाको आवेदन परेको थियो ।

अब स्वीकृत भएका १८९ बाट सर्टलिस्ट सार्वजनिक हुनेछ । अध्यादेशबाट विश्वविद्यालयका उपकुलपतिहरू पदमुक्त भएपछि नयँ उपकुलपति चयन गर्न लागिएको हो ।