सुर्खेतबाट पक्राउ परेका एमाले उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले गाडीमा हालेर नेपालगञ्जतर्फ लगेको छ। सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।
एमालेको निर्वाचन समीक्षा भइरहँदा प्रहरीले उनलाई पक्राउ गरेको हो। उनलाई नेपालगञ्जबाट काठमाडौं ल्याइनेछ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ६:४५ बजे पौडेललाई सुर्खेतबाट नेपालगन्ज गाडीमा लगिएको छ। उनलाई नेपालगन्जबाट काठमाडौं पुर्याउने प्रहरीको तयारी छ।
वीरेन्द्रनगर नगरपालिका–३, स्थित शुभ होटलको सभा हलमा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी सुझाव संकलन कार्यक्रम चलिरहेको बेला प्रहरीले उनलाई कार्यक्रम स्थलबाटै साँझ ५ः४५ बजे नियन्त्रणमा लिएको थियो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक ठाकुरप्रसाद पौडेलको कमाण्डमा खटिएको १० जनाको विशेष प्रहरी टोलीले खटिएको थियो।















