संवैधानिक परिषदले रिक्त रहेको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीलाई सिफारिश गरेको छ। परिषद बैठकले आयोगमा थप दुई आयुक्तहरुमा डा.राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्त गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा शुक्रबार बसेको संवैधानिक परिषद बैठक बसेर यो निर्णय गरेको हो।
निर्वाचन आयोगमा प्रमुख आयुक्त र अर्का एक आयुक्तको पद खाली थियो। थप एक आयुक्तको कार्यकाल असार २३ मा सकिने भएकाले परिषदले त्यो ठाउँका लागि एकै पटक सिफारिश गर्ने निर्णय गरेको हो।














